काठमाडौं, १ मंसिर । जेन-जी आन्दोलनमा घाइते भएका यादव सिंहको जीवन रक्षाको माग गर्दै युवाहरुले माइतीघरमा धर्ना दिएका छन् । काठमाडौंको माइतीघरमा घाईते सिंहसहित उनीहरु धर्नामा बसेका हुन् । उनीहरुले आफूहरुको माग पूरा गर्नुपर्ने भनेका छन् । धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउनको लागि प्राइम टिभीका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला धर्नास्थल पुगेका थिए ।
धमलाले घाइते यादव सिंहको जीवन रक्षाको लागि सरकारको ध्यानाकार्षण गराउनुको साथै धर्नामा बसेका युवाहरुको माग पूरा हुनुपर्ने बताएका छन् । उनीहरु कार्तिक २५ गतेदेखि माइतीघरमा आमरण अनसनमा बसेका छन् । उनीहरुले जेनजी आन्दोलनको दिन भदो २३ गते युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारले हस्तक्षेप गरेको र ताकि ताकि शरिरको माथिल्लो अंगहरुमा गोली हानी हत्या गर्न बाध्य पार्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गरी प्रचलित फौजदारी कानूनबमोजिम सामूहिक हत्याको मुद्दामा कारबाही अगाडि बढाउन भनेका छन् ।
जेनजी आन्दोलनका शहिद परिवार र घाईतेहरुको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गरिनुपर्नेपनि उनीहरुको अर्को माग रहेको छ । राजनीतिक पद र प्रशासनिक ओहोदामा बसेर अकुत आर्जन गर्नेहरुलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन छानबिन आयोग गठन गरिनुपर्ने पनि उनीहरुको माग छ ।






प्रतिक्रिया