काठमाडौं, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पक्राउविरुद्ध नागरिक बचाउ दलले आन्दोलन सुरु गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेपछि नागरिक बचाउ दलले गिरफ्तारीको विरोधका कार्यक्रम सार्वजनिक गरेर आजैबाट प्रदर्शनमा उत्रिने भएको छ ।
आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिएका प्रसाईंलाई प्रहरीले निवासबाटै पक्राउ गरेपछि नागरिक बचाउ दलले आज पहिलो चरणमा तत्काल, विना सर्त र सरसम्मान रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्दैछ । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।




प्रतिक्रिया