यो सरकारले निर्वाचन गराउन सक्दैन, अर्काे सरकार चाहिन्छ : रामकुमारी झाँक्री


काठमाडौं, मंसिर नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले निर्वाचन गराउन अर्काे सरकार गठन हुनुपर्ने बताएकी छन् । गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको घटनाबारे अनुन्धानको नाममा मान्छे तर्साउने र धम्क्याउने काम गरिरहेको बताउँदै उनले वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन नसक्ने दाबी गरिन ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले सरकारले प्रमुख राजनीतिक दलको अध्यक्षमाथी सिमाहद कायम गरेर निर्वाचन गराउन नसक्ने बताईन् ।

उनले भनिन् ‘यो सरकारले निर्वाचन गराउन्छ भनेर विश्वास गर्ने वातावरण छैन् । सुशीला कार्की नेतृत्वको सरकारलाई राम्रो काम गर्ने म्यान्डेड नरहेकाले यो सरकारबाट कुनै अपेक्षा छैन् । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको नाममा कार्यालय राख्ने, तलब भत्ता खाने, भाडामा गाडी ल्याएर राज्यलाई भार बोकाउने काम मात्रै भएको छ । कार्की नेतृत्वको सरकारले आयोग बनाएर मान्छे तर्साउँदै प्रमुख दलका अध्यक्षलाई सिमाहद कायम गराएर निर्वाचन गराउन सक्दैन। निर्वाचन गराउन अर्काे सरकार चाहिन्छ ।’