काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन नगरे विशेष महाधिवेशनमा जानुपर्ने बताएका छ्न । आज (मंगलबार) काठमाडौंमा रहेको आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट नेताहरुसँगको छलफलमा उनले नियमित महाधिवेशनको पक्षमा आफू रहेको स्पष्ट पारेका हुन् ।
पुषभित्रै नियमित महाधिवेशन गरिसक्नुपर्ने बताएका हुन् । पुषभित्र पनि १५औं महाधिवेशन नहुन नसके विशेष महाधिवेशनमा जानुपर्ने बताएका हुन् । कोइरालाले पार्टीलाई एक ढिक्का राख्नको लागि पनि यो केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनबारे सर्वसम्मत् निर्णय लिनुपर्ने मत राख्छन् । तर, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले भने २१ फागुनअघि नै महाधिवेशन हुनुपर्ने अडान लिएका छन् ।
गगनले १५औं महाधिवेशन पुष १६ गतेबाट गर्नको लागि कार्यतालिका पेश गरेका छन् । तर, शेरबहादुर देउवा पक्षधरले भने अहिले २१ फागनुअघि महाधिवेशन गर्न नहुने अडान लिएको छ । दुई पक्षबीच विवाद कायमै रहेको कारण केन्द्रीय कार्यसमितिको बैठकसमेत प्रभावित भएको छ । देउवा सिंगापुरबाट १८ दिन लामो उपचारपछि कार्तिक २८ गते राति काठमाडौं फर्किएका छन् । उनी अहिले विवाद मिलाउनको लागि सक्रिय छन् ।




प्रतिक्रिया