दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने


काठमाडौं, २ मंसिर । हिजो मध्यराति आफ्नो निवासबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपको लागि सरकारी वकिलको कार्यालय लगिएको छ । भक्तपुरबाट पक्राउ गरिएका प्रसाईंलाई भद्रकालीमा राखिएको थियो ।

प्रहरीले म्याद थपको लागि आज सरकारी वकिलको कार्यालय लगेको हो । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाईएको प्रहरी प्रशासनले जनाएको छ । प्रसाईंले यही मंसिर ७ गतेबाट देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

उनले देश नै ठप्प पार्ने चेतावनी दिएका थिए । हिजोमात्रै उनले आफ्नो आन्दोनलबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । प्रसाईंलाई सरकारले वार्ताको लागि पनि आह्वान गरेको थियो । तर, उनी वार्तामा नगएर आफ्नो टिमका साथीलाई पठाएका थिए । file photo