संसद् विघटनविरुद्ध एमालेसँग दुई विकल्प !


काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी लडाईँ र सडक संघर्ष दुवै प्रकारको कदम चाल्नुपर्ने बताएका छन् । आज (मंगलबार) विघटित एमाले संसदीय दलको बैठक राखेर ओलीले संसद् विघटनविरुद्ध कानूनी लडाईँ र सडक संघर्ष गर्ने घोषणा गरेका हुन् ।

‘कानुनी लडाई लड्छौ । दोस्रो सडक सङ्घर्ष गर्छौं । एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुन्छ,’– ओलीले भने ।

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको अहिलेको सरकार असंवैधानिक रहेको र यो हट्नुपर्ने धारणा राखे । उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले देशलाई अन्धकारतर्फ धकेलेको टिप्पणी गरे । अध्यक्ष ओलीले देशद्रोहीविरुद्धका काममा एमाले चुप लागेर बस्न नसक्ने बताए । उनले एमाले संविधान र लोकतन्त्रको पक्षमा उभिने बताए ।