डिप-स्टेटको फण्डिङ अन्तर्गत भदौ २३ र २४ को घटना भएको एमाले महासचिवको आरोप


काठमाडौं, २ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना आन्दोलन नभई आतङ्क र विध्वंस भएको र जेनजी आन्दोलनको नाममा भएका क्रियाकलाप आपराधिक क्रियाकलाप भएको दाबी गरेका छन् । उनले डिप स्टेटको फण्डिङ अन्तर्गत भदौ २३ र २४ को घटना भएको र आज सरकारमा तिनै मानिसहरूको बोलवाला भएको उनको भनाइ थियो । उनले भदौ २३ र २४ को घटना हुनुको दुईवटा कारण प्रमुख रहेको बताउँदै भने,‘युवाहरू भावनामा भड्केर र अपराधीहरू लुटपाटको अवसर पाएर भदौ २३ र २४ को घटनामा संलग्न भए ।’

उनले संविधान संशोधनमार्फत युवापुस्ताका माग सम्बोधन गरी ताजा जनादेशमा जानुपर्ने आजको आवश्यकता भएको बताए । प्रेस चौतारी नेपालद्वारा हिजो (सोमबार) बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अदालत र सडक दुवैबाट संसद् पुनस्र्थापना भएको इतिहास रहेको उल्लेख गर्दै महासचिव पोखरेलले अहिले पनि त्यही उपाय प्रभावकारी हुने बताए ।

भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई सहयोग पुग्छ कि भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर संसद्भित्रबाट नै समाधान खोज्न राष्ट्रपतिलाई अनुरोध गरेको पनि उनले स्मरण गराए । तर अहिलेको सरकार संविधान बाहिरबाट बनेको उनको भनाई छ । संविधान र सांसद्ले नचिन्ने व्यक्ति अहिले देशको प्रधानमन्त्री भएको पोखरेलको भनाई छ ।
हुने बताउनुभयो ।