काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलसँग आज छलफल गर्ने भएकी छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २–२ जना प्रतिनिधिलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले जनाएको छ।
फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँगको छलफलको तयारी तीव्र बनाएकी छन्। उनले चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि संयुक्त छलफल गर्न लागेकी हुन्। प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरिसकेकी छिन्। आयोगमा बुधबारसम्म १२३ दल दर्ता भएका छन् भने केही दल दर्ताको प्रक्रियामा रहेका छन् ।




प्रतिक्रिया