काठमाडौं, ३ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरुलाई आफ्नो सभा तथा सम्मेलनमा जान रोक लगाउने वा कार्यकर्ता र जनताको माँझमा जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न उठाएका छन् । फेशबुकमार्फत संविधानविद् आचार्यले आफ्नै सत्ता भएका आन्दोनलकारीलाई झनै बढी जिम्मेवार हुन भनेका छन् ।
आज एमाले महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेतहरु बाराको कार्यक्रममा सहभागी हुन जाने तय भएको थियो । काठमाडौंबाट बुद्ध एयरबाट सिमरा जान लागेको बेलामा सिमरा विमानस्थलमा जेनजीहरुले प्रदर्शन गरेका थिए । अहिले बाराको अवस्था तनावग्रस्त छ । प्रशासनले करफ्र्यु लगाएको छ ।
यही सन्दर्भमा संविधानविद् आचार्यले फेशबुकमार्फत आफ्नो धारणा राखेका हुन् । उनले लेखेका छन्–
नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ रु अनि यस्तो काम गर्न पाइन्छ कसरी रु आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र रु जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुॅदैन ।




प्रतिक्रिया