जेन-जी आन्दोलनमा भएका घुसपैठ बाहिर ल्याएपछि सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्योः एमाले नेता बस्नेत


काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले दुर्गा प्रसाईँलाई मध्यरातमा गिरफ्तार गरेर वर्तमान सरकारले गलत गरेको बताएका छन् । आज (बुधबार) प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ बाहिर ल्याएकै कारण राज्यले उनलाई गिरफ्तार गरेको बताएका हुन् । उनले दुर्गा प्रसाईँका असंख्य गल्ती र कमजोरीहरु रहे पनि अहिले सरकारले गरेको गिरफ्तारी निन्दनीय रहेको उनले बताए ।

‘दुर्गा प्रसाईँजीलाई मध्यरातमा गिरफ्तार गरियो । दुर्गा प्रसाईँका असंख्य कमजोरीहरु होलान्, गल्ती होलान् । तर, जुन इष्यूमा उनलाई गिरफ्तार गरियो, त्यो बेठीक हो । उनले यो आन्दोलनको नाममा भएका घुसपैठहरुलाई बाहिर ल्याएको कारणले गर्दाखेरी आज जेलभित्र छन्,’– उनले भने ।

उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार लोकल खच्चड चढेर अरबी घोडामा चढेर हिँडिरहेको भ्रममा रहेको पनि बताए ।