काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गर्न आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
गत असोज २८ गतेबाट सुरु भएको बैठकमा पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवादमा समाधान हुन सकेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएपनि सहमतिको प्रयास सफल हुन सकेको छैन् ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।




प्रतिक्रिया