काठमाडौं, ५ मंसिर । जेन–जी अभियन्ता रक्षा बमले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामाले समस्याको समाधान नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको अवस्थामा गृहमन्त्री र प्रधानमन्त्री परिवर्तन सम्भव नरहेको र यही प्रधानमन्त्री र मन्त्रिमण्डलले नै निर्वाचन गराउनुपर्ने बताईन् ।
‘गृहमन्त्रीको कामप्रति असन्तुष्टि जनाउन जनताले पाए । यो भन्दैगर्दा के गृहमन्त्रीको राजीनामा मात्रै हरेक समस्याको समाधान हो भन्ने प्रश्न आउँछ । अहिलेको संक्रमणकालीन अवस्थामा कुनै पनि मन्त्री, प्रधानमन्त्रीको राजीनामा माग्नु उचित होइन । अहिलेको अवस्थामा गृहमन्त्री परिवर्तन सम्भव छैन । यही मन्त्रिमण्डल र प्रधानमन्त्रीले नै चुनाव गराउने हो,’– उृनले भने ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले नै गराउने र यसमा आफूहरुको पूर्ण समर्थन रहेको उनले बताईन् । प्रधानमन्त्री कार्कीलाई आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताईन् । अभियन्ता बमले एमालेले भाग लिँदैन भने पनि अरु दललाई साथमा लिएर निर्वाचनमा जानुपर्ने बताईन् । एमालेले सहिदहरुलाई समेत आतङ्ककारीको बिल्ला भिराएको उनको दुखेसो छ ।




प्रतिक्रिया