काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तरगत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटन विरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
हिजो शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा भएको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप आज राजधानीमा शक्ती प्रर्दशनसहित भृकुटीमण्डपमा जनसभा गर्न लागेको हो । आजको जनसभामा ६० हजार मान्छे उतार्ने एमालेले दाबी गरेको छ ।
प्रर्दशनमा सहभागी हुन उपत्यका आसपासबाट कार्यकर्ता राजधानीमा ओसारिएको छ । एमालेको प्रर्दशनलाई लक्षित गरेर आज उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि राजधानीको सडकमा व्यापक प्रहरी परिचालन गरिएको छ ।




प्रतिक्रिया