संसद् पुनर्स्थापनाको पक्षमा एमालेको वृहत जनसभा सुरु (फोटोफिचर)


काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) को बृहत जनसभा जारी रहेको छ । काठमाडौंको भृकुटीमण्डपमा सभा सुरु भएको हो । जनसभाका लागि नेता तथा कार्यकर्ताहरु भेला हुने क्रम पनि जारी रहेको छ । प्रदर्शनमा सहभागी हुन बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरु पुगेका छन् ।

प्रदर्शनका कारण सो क्षेत्रका ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ । संसद् पुनर्स्थापनालगायतका माग राखेर एमालेको काठमाडौं उपत्यकाका तीन जिल्लाले आजको प्रदर्शन गरेका हुन् ।