जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता हो: ओली


काठमाडौँ, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् । आज (शनिबार) काठमाडौँको भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको बताए ।

उनले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गरे । पार्टीका महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि एमाले निरन्तर क्रियाशील रहने बताए ।

त्यस अवसरमा पार्टीका बागमती प्रदेश कमिटीका इञ्चार्ज डा.राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताले पार्टीको जनपरिचालनको उद्देश्यबारे चर्चा गरेका थिए ।