काठमाडौं, ७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले चुनावको लागि आफ्नो दल तयारी अवस्थामा रहेको बताएका छन् । तर, सरकारले चुनावको उपयुक्त वातावरण बनाउनुपर्ने उनको भनाई छ । आज (आइतबार) धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘ताजा जनादेशको लागि हामी तयारी अवस्थामा छौँ । फागुन २१ गते हुने निर्वाचन स्वच्छ र भयरहित अवस्थामा सम्पन्न गराउन सरकारले त्यो अनुसारको वातावरण बनाउनुपर्छ । अझै त्यस्तो वातावरण बनिसकेको छैन ।’
उनले सरकारलाई सुरक्षाको राम्रो बन्दोबस्ती गर्न र लुटिएका हतियार फिर्ता ल्याउन गम्भीर पहलकदमी लिन सुझाव दिएका छन् । उनले भने,‘अहिलेपनि कैदीबन्दी फरार छन्, गोली हतियार नियन्त्रणमा आएका छैनन् । सरकारले त्यसमा ध्यान दिनुपर्छ । सबै गतिविधिहरुमा सरकारले चासो राखेर निर्वाचनको सुनिश्चित गराउनुपर्छ । त्यो अवस्थामा नेपाली जनताले नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक मत दिने छन ।’ file photo




प्रतिक्रिया