काठमाडौं, ७ मंसिर । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु, उपाध्यक्ष परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजुले पार्टी परित्याग गरेका छन् ।
उनीहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने घोषणा गरेका छन् । उनीहरुले जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुसमेत खतरामा पर्नसक्ने निश्कर्ष निकाल्दै विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरुसमेत रक्षा र थप उपलब्धि प्राप्तिको लागि संघर्ष गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले अध्यक्ष अशोक राईलाई आज सामूहिक पत्र लेखेर पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।





प्रतिक्रिया