सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ


काठमाडौं, ७ मंसिर । सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

एसपी तथा प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका घताने र श्रेष्ठविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा सर्वोच्च तोडफोड र आगजनी गर्ने कार्यमा उनीहरुको संलग्नता देखिएको प्रहरीको दाबी छ ।