जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिन्हमा चुनाव लड्ने सहमति


काठमाडौं, ७ मंसिर । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिन्ह लिएर आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ ।

जसपाका अध्यक्ष अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका संरक्षक रेशमलाल चौधरीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गरिने सहमति भएको छ । साथै, विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिन्हमा आउन आह्वान गरिएको छ ।