काठमाडौं, मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
मङ्सिर १ गतेदेखि जारी एनपीएलमा हालसम्म दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज दुई अंक जोड्दै तेस्रो स्थानमा छ। दुईवटा खेल खेलेको पोखरा भने दुवैमा पराजित हुँदै पुछारमा रहेको अंकतालिकाले देखाएको छ । फाइनल खेल मङ्सिर २७ गते हुनेछ।




प्रतिक्रिया