जनादेश पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र


काठमाडौं, ८ मंसिर । अधिवक्ता रमन कर्णको नेतृत्वमा रहेको जनादेश पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगमा आज दल दर्ताको प्रमाणपत्र लिनको लागि यो दलका नेताहरु आयोगको कार्यालयमा पुगेका थिए ।

एलिजा गौतम, विकास ठाकुर, जश्मिन ओझा, माधवसुन्दर खड्कालगायतका नेताहरु आयोगको कार्यालय पुगेका थिए । यो दलको चुनाव चिन्ह ‘हाते माईक’ रहेको छ ।