काठमाडौं, ८ मंसिर । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको समूह सिंहदरबारभित्र छिर्न पाएन । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भन्दै सिंहदरबारको दक्षिण गेट पुगेको यो समूहका युवाहरुलाई भित्र प्रवेश गर्न नै दिईएन ।
ढुंगानाले नेतृत्व गरेको यो समूह आज प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकिय सचिव आदर्श श्रेष्ठलाई पदबाट हटाउन माग गर्दै सिंहदरबार पुगेको बताईन्छ । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नी पत्नी संगिता श्रेष्ठलाई जागिर लगाएको भन्ने समाचार हिजो साँझ स्वास्थ्यलाईभले खुलासा गरेको थियो ।
उनीहरुले प्रधानमन्त्रीसँग भेट्नको लागि समय मागेका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले समय नदिएपछि यो समूहले सिंहदरबारमो गेटमा नै आफ्नो मागपत्र टाँसेर बाहिरिएको हो ।




प्रतिक्रिया