काठमाडौं, ८ मंसिर । कमन जेन–जी नेपालका अध्यक्ष विकेश साहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् । आज (सोमबार) सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा पुगेर मागपत्र बुझाउने क्रममा उनले यस्तो माग गरेका हुन् ।
उनले भने,‘बंगलादेशमा जसरी हत्यारालाई मृत्युदण्ड नै दिईएको छ, कारबाही गरिएको छ, त्यसरी नै हामीले केपी ओलीलाई कानूनी कठघरामा ल्याउनुपर्छ । कानूनबमोजिम कारबाही गर्नुपर्छ । यदि कारबाही गर्न सकिएन भने हामी उद्देश्यविहीन हुन्छौं ।’
उनले सुशासन र समृद्धिका लागि शान्ति र सुव्यवस्था आवश्यक रहेको पनि औंल्याएका छन् । शान्ति र शुव्यवस्थाका लागि सहकार्य र संवाद आवश्यक रहेको भन्दै साहले जेनजी युवाहरूलाई जिस्क्याउने काम कुनै पनि पक्षबाट नहोस भनेर चेतावनी दिएका छन् । साहले विभिन्न समूहमा विभाजित जेनजी समूहहरूलाई गोलबद्ध र एकीकृत हुन समेत आह्वान गरेका छन् ।




प्रतिक्रिया