प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने तयारीमा एमाले


काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले प्रतिनधिसभा निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । आज (मंगलबार) दिउँसो आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिने तयारी रहेको बताइएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा उठाइरहेको एमालेले अन्ततः दल दर्ता पनि गर्न लागेको हो । निर्वाचन आयोगमा सोमबारसम्म निर्वाचन प्रयोजनाका लागि ६४ वटा दल दर्ता भएको छ ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तय भएको छ । आयोगले मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय तोकेको छ ।