निर्वाचनमा भाग लिन एमालेले गरायो दल दर्ता


काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनको लागि दल दर्ता गराएको छ । एमालेको तर्फबाट निर्वाचन विभाग प्रमुख नीरज आचार्य दल दर्ताको लागि आयोगको कार्यालय पुगेका थिए ।

निर्वाचनमा भाग लिनको लागि दल दर्ताको अन्तिम समय मंसिर १० गतेसम्म तय गरिएको छ । अन्तिम दिनको अघिल्लो दिन नै एमाले आज दल दर्ताको लागि आयोग पुगेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना हुनुपर्ने अडान लिएका छन् । त्यसको लागि एमाले आज सर्वोच्च अदालतसम्म पुगेको छ ।