काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान संशोधन नगरी भएको निर्वाचनले कुनै पनि परिणाम नदिने बताएका हुन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुको विकल्प नरहेको बताए ।
उनले आफूहरु एक्लै निर्वाचनमा जाने बताए । उनले एमालेसँग अब राप्रपाले निर्वाचनमा सहकार्य गर्न नहुने बताए । नयाँहरु भने एक हुन सक्नुपर्ने उनले बताए । नयाँ दलहरु मिल्न नसकेको खण्डमा फेरि पनि पूरानै नेताहरुको पुनरावृत्ति हुने उनले बताए ।
नेता शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गरिनुपर्ने आफ्नो मत रहेको बताए । उनले लामिछानेलाई बाहिर नै बसेर अनुसन्धानको मौका दिइनुपर्ने बताए । ‘उहाँ दोषी, निर्दोष के हो भन्ने कुरा भोलि अदालतले फैसला गर्ला । तर, थुनेर अनुसन्धान गर्नुभन्दा बाहिर राखेर अनुसन्धान गर्नुस् भन्ने न हो,’– उनले भने ।
साथै, उनले राप्रपाको फुटको संघारमा रहेको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले सबै नेताहरु संगै रहेको बताए । उनले व्यक्तिगत अवसरका लागि आफू अरुलाई धोका दिएर नजाने र राप्रपा नछाड्ने बताए । उनले कमल थापा, केशरबहादुर विष्टलगायत राप्रपामा आएको खण्डमा आफूहरु स्वागत गर्न तयार रहेको पनि बताए । तर, उनीहरु राप्रपामा आउनेबित्तिकै कायापलट हुन्छ भन्ने कुरामा आफूहरुलाई विश्वास नरहेको बताए ।




प्रतिक्रिया