काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा पनि बढी तानाशाही केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले जनयुद्धको नाममा १७ हजारको हत्या गरेर र ओलीले एकैदिन ७५ जना बच्चा मारेर आफूलाई तानाशाह पुष्टि गरेको बताएका हुन् ।
नेता शाहीले हतियार बोकेकोको माओवादीसहितको १९ दिने जनआन्दोलनमा पूर्व राजा ज्ञानेन्द्रले एक जना मान्छे पनि नमारी हाँसी–हाँसी राजगद्दी त्यागेको स्मरण गराए । उनले प्रचण्ड–ओलीलाई असली तानाशाहको संज्ञा दिए ।
‘यो देशको असली तानाशाह त प्रचण्ड र केपी ओली रहेछन् । प्रचण्डले युद्ध गरेर १७ हजार मारे । केपी ओलीले बानेश्वरको जस्तो ठाउँमा बच्चालाई ड्यामड्याम गोली हानेर एकै दिन ७५ जना बच्चालाई गोली हाने,’ उनले भने, ‘तिनै राजा हुन्, हतियार बोकेर आए, मान्छेका घाँटी रेट्दै आएका थिए । हतियार बोकेर आएको माओवादीको सहकार्यमा १९ दिने जनआन्दोलनमा मान्छे मारेनन् ।’




प्रतिक्रिया