काठमाडौं, ९ मंसिर । जेनजी अगुवाहरु सुप्रिया राज्यलक्ष्मी शाही, प्रकाश खड्का, अनिल बानियाँ र विज्ञान रोकायले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसवार गाडीले ठक्कर दिई गम्भीर घाईते बनाएको घटनाप्रति निन्दा गरेका छन् । उनीहरुले दोषी चालक र मुख्यमन्त्री कँडेललाई तत्काल कानूनी कारवाहीको पनि माग गरेका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कालिकोटको रास्कोट नगरपालिका जेन–जी संयोजक श्री समिर शाही र विशाल बमलाई सान्नी त्रिवेणी गाउँपालिकामा यही मिति २०८२ मंसिर ०८ गते कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलसवार कर्णाली प्रदेश–०२–००१ झ ०११४ को गाडीले ठक्कर दिई गम्भीर घाइते बनाएको घटनाप्रति घोर निन्दा एवं भत्र्सना गर्दै तत्काल दोषी ड्राईभर तथा मुख्यमन्त्रीलाई कानूनी कारवाही गर्न जोडदार माग गर्दछौं ।’





प्रतिक्रिया