कुलमानको उज्यालो नेपालसहित तीन पार्टीबीच एकताको तयारी


काठमाडौं, ९ मंसिर । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङ संरक्षक रहेको भनिएको उज्यालो नेपाल पार्टी, रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच एकीकरणको गृहकार्य भइरहेको छ । तीद दलबीच एकीकरणको लागि घिसिङसहितका नेताहरु बसेर छलफल भएको बताइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर सहभागी हुनेगरी तयारी भइरहेको बताइएको छ । केही प्राविधिक कुराहरु मिलेलगतै छिट्टै पार्टी एकता घोषणा हुने बताइएको छ ।