काठमाडौं, मंसिर १० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज च्याउसहित केही तरकारीको मूल्य थोरै घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेका छन्।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२० रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०२, टनेलको सानो गोलभेँडाको औसत मूल्य १२२, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ७३, स्थानीय काउली ६०, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७१, तने बोडी १६७ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १४०, लौका ६०, लोकल परबल ९५, डल्ले फर्सी ६१, पाकेको फर्सी ३८, कन्य च्याउ २२२, डल्ले च्याउ ३७६, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२२ रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०५, टनेलको सानो गोलभेँडाको औसत मूल्य १३३, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६५, स्थानीय काउली ६५, लाम्चो भन्टा ६०, डल्ले भन्टा ६०, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १४५, लौका ६०, लोकल परबल १०५, डल्ले फर्सी ६०, पाकेको फर्सी ३५, कन्य च्याउ २४५, डल्ले च्याउ ३८०, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।




प्रतिक्रिया