काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पोलिट्ब्युरो सदस्य महेश बस्नेत आज धनगढी जाँदैछन । उनीहरु धनगढीको लागि काठमाडौंबाट जहाजमार्फत गएका हुन् । नेता बस्नेतले आफ्नो फेशबुकमार्फत ‘राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेशको जागरण सभामा सहभागी हुने’ जानकारी गराएका हुन् ।
उनीहरु आउने थाहा पाएपछि धनगढीमा जेनजीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्ले कार्डसहित विरोध गरेका छन् । यसअघि महेश बस्नेत बारा जान लाग्दापनि सिमरामा जेनजीहरुले प्रदर्शन गरेका थिए । सो क्रममा एमाले कार्यकर्ता र जेनजीहरुबीच झडपको अवस्था सिर्जना भएको थियो । यस्तै, सुनसरीमा पनि बस्नेतसवार गाडीमा रातो मसी प्रहार भएको थियो । file photo




प्रतिक्रिया