काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूहरुको समूहबाट शेखर कोइराला र गगन थापामध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले इत्तर समूहबाट सभापतिका लागि शेखर वा गगन कसलाई अगाडि सार्ने भन्ने कुराको निर्क्यौल हुनै बाँकी रहेको बताएका हुन् ।
‘तपाईँहरुको समूहबाट सभापति को हो ?’ भन्ने प्रश्नमा उनले भने,– ‘कार्यवाह सभापति पनि सभापति हुन खोज्दै हुनुहुन्छ होला । शेखर दाईले खोज्दै हुनुहुन्छ । गगनजीले खोज्दै हुनुहुन्छ, अर्को विश्वजी हुनुहुन्छ ।’
नेता घिमिरेले महामन्त्री थापालाई सम्भावित सभापतिको संज्ञा दिए । ‘तपाईँले गगन थापा सभापति भन्नुभएको छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘सम्भावित उहाँ पनि हो । उहाँ पनि हुन सक्नुहुन्छ ।’




प्रतिक्रिया