काठमाडौं, १० मंसिर । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्ने सहमति भएको छ । दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ बाट चुनाव लड्ने सहमति भएको हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले जानकारी दिए । उनले उक्त सहमतिबारे अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराईने पनि बताए । उज्यालो नेपाल पार्टी अहिलेका उर्जामन्त्री कुलमान घिसिङको दल हो ।




प्रतिक्रिया