काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गरेकी छन् ।
त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई हटाएर अनावश्यक राजनीति गर्ने बाटो बन्द गर्नुपर्ने बताईन् ।
‘असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था आयो । यो राम्रो होइन, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ,’– उनले भनिन् ।
विश्वविद्यालयहरु पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड थियो । ‘हरेक कुरामा सरकारमाथि भर पर्ने कुराले विश्वविद्यालयलाई स्वायत्त हुन दिँदैन,’– उनले भनिन् ।




प्रतिक्रिया