काठमाडौँ, ११ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोह समूह, नेकपा विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रममा राष्ट्रियता कमजोर भएकाले नेपाली जनताको आत्मसम्मान तथा देशको सार्वभौमसत्ता रक्षाका लागि वामपन्थी शक्ति र कम्युनिष्ट एकता गरिएको उनले बताए ।
राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरिने उल्लेख गर्दै संयोजक दाहालले देशभक्तको अभियानमा सबै दलको सहयोगको अपेक्षा गरे ।
मुलुकमा विद्यमान समस्या समाधान कम्युनिष्टले मात्र गर्न सक्ने भएकाले एकता अहिलेको आवश्यकता रहेको बताउँदै उनले यसमा सबैले उदारता देखाउनपर्ने तथा भिन्न परिवेशबाट आएका नेता कार्यकर्ताबाट एकापसमा गरिने सद्भाव र अनुभव आदान-प्रदानले नयाँ घटनाक्रमबारे सश्लेषण गर्दै नयाँ समाजवाद कार्यान्वयन गर्न सकिने बताए ।




प्रतिक्रिया