देउवाकै हस्ताक्षर लिएर निर्वाचनमा जान्छौं, महाधिवेशन त्यसपछि मात्रै हुन्छः कांग्रेस नेता विश्वकर्मा


काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अब तत्कालै महाधिवेशनको काम सुरु हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शीर्ष नेताहरुको बीचमा विशेष महाधिवेशनको माग गर्ने नेताहरुको भावनालाई पनि सम्बोधन गर्नेगरी महाधिवेशनको कार्यतालिका ल्याउनुपर्नेमा एकमत रहेको बताए । उनले पार्टीका महाधिवेशनका कार्यक्रमहरुलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने उनले बताए । तिथि, मितिको बारेमा पनि पार्टी नजिक–नजिक पुगेको उनले बताए । पुसको अन्तिमसम्म वडा र पालिका अधिवेशन सक्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।

सरकारले चुनावको कार्यक्रम सारेको खण्डमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि चुनावपछि महाधिवेशनका बाँकी काम गरिने उनले बताए । उनले कांग्रेसले निर्वाचनमा भाग लिने उनले बताए । निर्वाचनका पूर्वाधारहरु सरकारले तयार गर्नुपर्ने उनले बताए । शान्ति, सुरक्षाका कुरा यो सरकारले सुनिश्चित गर्नुपर्ने र निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

चुनावभन्दा पछाडि महाधिवेशन हुँदा सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा कांग्रेसका उम्मेदवारहरु निर्वाचनमा जानुको विकल्प नरहेको उनले बताए । सभापति देउवाको हस्ताक्षर लिएर चुनावमा जान सकिँदैन भन्ने कुरा व्यक्तिगत आग्रह, पूर्वाग्रह र विरोधभन्दा अर्का कुरा नरहेको उनले बताए ।