प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस अदालत नजाने


काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध अदालत नजाने भएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आफूहरु संसद् विघटनविरुद्ध अदालत नजाने र अहिलेसम्म परेका रिटहरुमा भएको निर्णयलाई स्वीकार गर्ने बताए ।

‘नेपाली कांग्रेसले आफैंले रिट निवेदन लिएर अदालत जाँदैन । परेका रिट निवेदनमा जे निर्णय र फैसला आउँछ, त्यसलाई नेपाली कांग्रेसले स्वीकार गर्छ, समर्थन गर्छ,’– उनले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (एमाले) भने आधिकारिक रुपमा नै अदालत प्रवेश गरेको छ । संसद् विघटनविरुद्ध एमालेको सहित १८ वटा रिट दायर भएका छन् ।