काठमाडौं, १२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको एकता सन्देश सभ जारी रहेको छ ।एकता सन्देश सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल, नेता भीम रावललगायत सहभागी छन् ।
एकता सभामा सहभागीहरुको उपस्थिति उल्लेखनीय रहेको छ । सुदूरपश्चिमबाट सुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सभा क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुने कार्यतालिका रहेको छ ।








प्रतिक्रिया