काठमाडौं, १२ मंसिर । उर्वर नेपाल राष्ट्रिय अभियानले देश निर्माण मार्गको खाका सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानका संयोजक युवराज बस्ताकोटीले सरकारलाई नीति निर्माणमा सहयोग गर्नका लागि देश निर्माण मार्गको खाका तयार गरिएको बताए ।
देशमा जेन–जीको इच्छा के छ ? त्यसको आवश्यकता के हो ? आर्थिक विकासमा हामीले कस्तो रोल खेल्न सक्छौं ? शासन पद्धतिमा के–के संरचनागत परिवर्तन गर्नुपर्छ भन्ने कुरा देश निर्माणको खाकामा समावेश गरिएको पनि संयोजक बस्ताकोटीले बताए ।
अभियानका सल्लाहकार डा.रुद्र शर्माले देश बनाउनका लागि उदारवादको नीति अवलम्बन गर्नुपर्ने बताए । देशको भू राजनीति बुझेर काम गर्नुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया