काठमाडौं, १२ मंसिर । मधेस प्रदेशकी गृह कानुन तथा सञ्चारमन्त्री प्रदेश सभा सदस्य बिमला अन्सारीले गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेट गरेकी छिन् । गृहमन्त्री अर्यालसँगै उनले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीसँग भेटघाट गरेको उनको सचिवालयले जनाएको छ ।
भेटघाटको क्रममा मधेस प्रदेशको शान्ति सुरक्षाको अवस्था तथा देशभरिको शान्ति सुरक्षाको स्थितिको बारेमा गहन छलफल भएको पनि सचिवालयले जनाएको छ । सो क्रममा गृहमन्त्री अर्यालले मधेस प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ गर्नका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ । गृहमन्त्री अर्यालले मधेशको शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने भनेका छन् ।
मन्त्री अन्सारीको सचिवालयले जनाएअनुसार गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको अनुभूति गराएर फागुन २१ गते समयमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त भेटघाटको अवसरमा मन्त्री अन्सारीले प्रहरी समायोजन ऐनलाई छिटोभन्दा छिटो अघि बढाउन माग गरेकी थिईन् ।





प्रतिक्रिया