मधेश प्रदेशको मुख्यमन्त्री यादवको नियुक्तीको रिटको सुनुवाई अब सोमबार, आज हेर्दाहेर्दैमा


काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ। अब अर्को सुनुवाई आगामी सोमबारको लागि राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा यो रिटमा सुनुवाई भएको हो । हिजोदेखि सुनुवाई भएको यो रिटमा आजपनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।