काठमाडौं, १२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली उल्टो बुद्धि भएको नेताको संज्ञा दिएका छन् । प्रचण्डले ओलीको उल्टो बुद्धिको कारण देश र जनताले दुःख पाएको टिप्पणी गरे । आज (शुक्रबार) धनगढीमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हन् ।
उनले भने,शहिजो संसद् विघटन गर्नेहरू त, कस्तो उल्टो बुद्धि छ। हिजो विघटन गर्ने, अहिले विघटन भएपछि चुनाव होइन पुनर्स्थापना भन्ने उल्टो, जतिबेला पनि उल्टो बाटो हिँडेर जनतालाई दुःख दिने, यस्ता अहङ्कारी दम्भीलाई राम्रो सबक सिकाउने बेला पनि यही हो।’ दाहालले २१ फागुनमा नै प्रतिनिधिसभाको निर्वाचन गरिनुको विकल्प नभएको जिकिर गरे । सो क्रममा उनले नेकपालाई पहिलो शक्ति बन्नबाट अब कसैले पनि रोक्न नसक्ने बताए ।




प्रतिक्रिया