काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । रास्वपा केन्द्रीय समितिको विशेष बैठकले सो प्रस्तावको सहर्ष स्वागत गरेको हो । रास्वपाले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यत्र,म आयोजना गरिएको पनि जानकारी गराइएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले असल शासन, सुशासन र समुन्नति प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय भएको बताए ।
विवेकशील साझा पार्टीले केही दिन अगाडि रास्वपासँग एकीकरण गर्ने घोषणा गरेको थियो । वैकल्पिक राजनीतिको संवाहको रुपमा स्वर्गीय उज्जवल थापाले अगाडि बढाएको विवेकशील साझा अन्ततः रास्वपामा गएर एकीकृत हुन लागेको हो ।




प्रतिक्रिया