काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिसमेत रहेका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखकलगायतलाई छलफलमा बोलाएका छन् । पार्टीको महाधिवेशनको सन्दर्भमा देखिएको समस्या सुल्झाउनका लागि देउवाले नेताहरुसँग छलफल गर्न लागेका हुन् । देउवाले आज (शनिबार) दिउँसो २ बजेका लागि नेताहरुलाई छलफलमा बोलाएको बताइएको छ ।
सभापति देउवा विशेष महाधिवेशन रोक्ने र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने पक्षमा उभिएका छन् । सिंगापुरमा उपचार गराएर फर्किएका देउवा पछिल्लो समय निकै सक्रिय देखिएका छन् । सभापति देउवाले हिजो र अस्ती पनि महामन्त्रीद्वय, कार्यवाहक सभापतिलगायतसँग छलफल गरेका थिए । छलफल भने निष्कर्षमा पुग्न सकेको छैन ।
यता, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतले विशेष महाधिवेशनको माग गरिरहेका छन् । नियमित महाधिवेशन नभएको खण्डमा पुस २८ गतेसम्म विशेष महाधिवेशन बाध्यकारी रहेको उनीहरुको भनाइ छ । संस्थापन इत्तर समूह विशेष महाधिवेशनको पक्षमा उभिँदा यता संस्थापन समूह भने आसन्न फागुन २१ गतेको निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्ने पक्षमा छ ।




प्रतिक्रिया