राप्रपाका नेताले आज प्रधानमन्त्रीलाई भेट्ने


काठमाडौं, १३ मंसिर । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेताहरुले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने तय भएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णयबमोजिम राप्रपाका अध्यक्ष लिङ्देनको नेतृत्वमा आज नेताहरुले प्रधानमन्त्री कार्कीलाई भेट गर्ने भएका हुन् ।

मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा पुगेर भेट गरेका थिए ।