काठमाडौं, १३ मंसिर । रुक्शना कपाली प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएकी छिन् । उनीनेपाल भाषा र क्वेयर (विविध यौनिक तथा लैंगिक पहिचान) युवा अभियन्ता हुन् । उनको काम मुख्यतः भाषा, यौभिकयौता तथा कानून सहित नेपाल भाषा एवं नेवाः मुद्दाहरूमा केन्द्रित छ ।
उनले विशेष गरी अनुसन्धान, जनचेतनामूलक सामाग्री प्रकाशन, प्राज्ञिक लेखन लगायतका ज्ञान उत्पादनमा काम गर्छिन् । यसका साथै उनी विशेष गरी अदालतमा रिट निवेदन दायर गरी कानूनी अभियानमार्फत नीतिगत परिवर्तनमा काम गर्छिन् ।




प्रतिक्रिया