काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को ११औं महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रियाका क्रममा विराटनगरमा कुटाकुट भएको छ । एमाले संस्थापन समूह र इतर समूहबीच कुटाकुट भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली समूहलाई ईश्वर पोखरेल नेतृत्वको इतर समूहले हातपात गरेको हो ।
उनीहरुले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता परशुराम बस्नेतमाथि हातपात गरेका हुन् । एमालेका स्थानीय नेता भानुभक्त पाठकले एक जना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद सुरु भएको थियो । सोही क्रममा संस्थापन पक्षले पटक–पटक एउटै व्यक्ति मतदानको लागि गएको भन्दै विरोध गरेको थियो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिएका नेता विनोद ढकालको समूहका नेता तथा कार्यकर्ताले नेता बस्नेतमाथि हातपात गरेका हुन् ।




प्रतिक्रिया