प्रलोपाले देशभर भ्रष्टाचारविरोधी अभियान चलाउने


काठमाडौं, १३ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचारविरोधी अभियान चलाउने निर्णय गरेको छ । काठमाडौंमा बसेको विस्तारित बैठकले भ्रष्टाचारविरोधी अभियान चलाउने निर्णय गरेको हो ।

प्रलोपाका नेता सुदन किरातीका अनुसार भ्रष्टाचारविरोधी अभियानका लागि जीएस गुरूङको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा कार्यदलमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुबप्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो सदस्य रहेका छन् ।