म यो एकीकरणमा सामेल छैन : मिलन पाण्डे


काठमाडौं, १४ मंसिर । विवेकशील साझाका नेता मिलन पाण्डेले आफू एकीकरणमा सामेल नभएको स्पष्ट पारेका छन् । आज रास्वपासँग विवेकशील साझाको एकता भएको छ । राष्ट्रियसभा गृहमा एकीकरण भइरहेको समयमा नेता पाण्डेको यस्तो प्रतिक्रिया आएको हो । यद्धपी उनले यो एकीकरणमा जुटेकाहरुलाई भने शुभकामना भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन। अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु। आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’