राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


काठमाडौँ, १४ मङ्सिर । नेपाली कांग्रेसले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस चितवनकी पूर्वसदस्यसमेत रहेकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक अङ्ग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, श्रेष्ठको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरेका छन् । उनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । रासस